युवा स्टार अनमोल केसीको फिल्म ‘कृ’ को आधिकारिक रिलिज डेट तय गरिएको छ । अनमोल ‘कृ’ अब आउँदो माघ २६ सार्वजनिक प्रदर्शनमा आउने फाइनल भएको हो । ‘कृ’ निर्माता सुबास गिरीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मंसिरको पहिलो हप्ता ट्रेलर रिलिज गर्ने उल्लेख गरेका छन् । यसअघि भदौ, कार्तिक तथा दशैंमा यो फिल्म रिलिजको चर्चा थियो । निर्माता गिरीसँग अभिनेता तथा अनमोल पीता भुवन केसीले यो फिल्मको लगानीमा साझेदारी गरेका छन् ।

अनमोलले पारिश्रमिक मात्रै २० लाख लिएको चर्चा थियो । सुरेन्द्र पौडेल निर्देशित फिल्ममा अनमोल केसी, अदिती बुढाथोकी, अनुपबिक्रम शाहि लिड रोलमा छन् । यसैबीच माघ २६ मा आउँदै गर्दा ‘कृ’ को भिडन्त अब ‘कान्छी’ फिल्मसँग हुने फाईनल भएको छ । श्वेता खड्का र दयाहाङ राई स्टारर ‘कान्छी’ ले केहि दिन अघिनै उक्त डेटमा रिलिज गर्ने पक्का गरिसकेको छ ।

For More videos Log on to Mazzako TV