रियल लाइफ प्रेम जोडी अभिनेता अर्पण थापा र अभिनेत्री ऋचा शर्मा फिल्ममा पनि एकसाथ छन् । यी दुइ एकसाथ अभिनय नगरी अब फिल्म नै खेल्दैनन् कि भन्ने देखिएको छ । यस भन्दा अगाडि यस्तै अवस्था अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्कीमा देखिएको थियो । जो, एक अर्कालाई एउटै फिल्ममा लिएको खण्डमा पारिश्रमिक संझौता गरेर काम गर्न तयार थिए ।

ऋचा र अर्पणले फिल्म ‘आधा लभ, चक्कर र सुनकेसरी’मा एकसाथ काम गरिसकेका छन् । अब, यो जोडीलाई लिएर निर्देशक पुरन थापाले ‘फेरि फेरि’ नामक फिल्म बनाउने भएका हुन् । माता बसुन्धरा मुभिजको प्रस्तुतीमा तयार हुन लागेको कमेडी कथाको फिल्मलाई पहिलो पटक रेड इपिक डब्लू हेलियम एट के क्यामेराले खिचिनेछ । यो फिल्ममा रामेश्वर कार्कीको छायांकन, एनवी महर्जनको द्धन्द्ध, विकास चौधरीको संगीत रहने पक्का भैसकेको छ ।

ऋचा र अर्पणको गहिरो प्रेमले फिल्मी पर्दामा त खासै जादु छरेको छैन । फिल्म ‘फेरि फेरि’को कमेडीले यी दुइलाई चम्काउने आशा पुरनको छ ।

For More videos Log on to Mazzako TV