श्रृष्टी र आर्यनको ‘सँगसँगै’
अभिनेता आर्यन अधिकारीले पहिलो फिल्म रिलिज भएपछि लगालग फिल्ममा काम गरिरहेका छन् । उनले, अभिनेत्री प्रियंका कार्कीदेखि नीता ढुंगानासम्म काम गरिसकेका छन् । पहिलो फिल्म रिलिज भएपनि उनको अन्य ३ वटा फिल्म रिलिज हुन नै बाँकी छ । 
उनै, आर्यन अब पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठसँग एक नयाँ फिल्ममा काम गर्न तयार भएका छन् । आर्यन र श्रृष्टीले काम गर्न लागेको नयाँ फिल्मको नाम ‘सँगसँगै’ राखिएको छ ।
यो फिल्मको छायांकन कात्तिकको अन्तिबाट गरिनेछ । फिल्मलाई सविर श्रेष्ठले निर्देशन गर्दैछन् । फिल्मलाई लिएर आर्यन र श्रृष्टी दुबै उत्साहित देखिएका छन् ।
निर्देशक श्रेष्ठले फिल्म पूर्णतया लभस्टोरी कथामा बन्ने बताए । आर्यनको जस्तै श्रृष्टीको पनि पहिलो फिल्म ‘गाजलु’ पछि अर्को प्रोजेक्ट रिलिज भएको छैन ।








