अभिनेता दयाहाङ राइले नेपाली फिल्म क्षेत्रमा हिरोको जुन परिभाषा हुन्छ, त्यसलाई बदलेका हुन् । हिरो भन्ने वित्तिकै चकलेटी अनुहार, सिक्स प्याक शरीर भएको हुनुपर्छ भन्ने मान्यतालाई उनले तोडेकै हुन् । ठूलो पेट, ठिकैको अनुहार भएपनि दर्शकले रुचाउँछन् भन्ने उदाहरण दयाले दिएकै हुन् ।

सायद, यही भएर पनि होला फिल्म निर्देशक, निर्माता तथा कलाकार निर शाहले दयाको कामको खुलेरै तारिफ गरेका छन् । एक कार्यक्रममा बोल्दै शाहले दयाहाङ जस्ता कलाकार ५० बर्षमा एकपटक मात्र जन्मने बताए ।

उनले मिडियासँग भने–‘अभिनय भनेको त्यसरी मात्र होइन, यसरी पनि गर्न सकिन्छ भनेर परिभाषित गरिदिने कलाकार हुन् दया । यसैले, उनी जस्ता कलाकार फिल्म क्षेत्रमा ५० बर्षमा एकपटक मात्र जन्मन्छन् ।’ निर शाहको प्रशंसाले खुशी भएका दयाले आफूलाई यो तरिकाले पनि मुल्यांकन गरिएको रहेछ भन्दै खुशी जनाए ।

For More videos Log on to Mazzako TV