अनु किन सधै पछाडि पर्छिन् ?
बिहिबार काठमाण्डौमा आयोजना भएको फिल्म ‘कान्छी’को कार्यक्रममा यस फिल्मकी अभिनेत्री अनु शाह देखिइनन् । अनु शाह फिल्मको मुख्य भूमिकामा छिन् । तर, उनी यो फिल्मको सुरुवाती प्रचारमा नै उपस्थित भइनन् । 
नेपाली फिल्म क्षेत्रमा संभावना बोकेर पनि उदाउन नसकेकी अभिनेत्री हुन् अनु शाह । यसैले पनि उनलाई यो फिल्म करिअरकै विशेष हुन सक्थ्यो । तर, म्यूजिक भिडियोमा नै रमाउने यी अभिनेत्रीका लागि फिल्मको प्रचार खासै मतलव नै हुदैन । उनी, अभिनित फिल्म ‘भैरव’को प्रचारको क्रममा पनि उनी निर्माता निखिल उप्रेतीसँग निहु खोज्दै निस्किइनन् । तर, जब पछि फिल्म हिट हुन थाल्यो उनी मेरो हिट फिल्म भन्दै हलमा पुगिन् ।
अनुको यही स्वभावका कारण उनी फिल्म क्षेत्रमा जमिनन् । हेरौ, ‘कान्छी’का अन्य कार्यक्रममा यी अभिनेत्रीको उपस्थिती हुन्छ या हुदैन ।
For More videos Log on to Mazzako TV







