फिल्ममा समावेश हुने अधिकांश दृश्य छायांकन गरि सकिएको फिल्म ‘बटरफ्लाई’ को ईण्डक्ल्याप भएको छ । फिल्ममा समावेश हुने प्रेम भावको एक गीत छायांकन भएसँगै फिल्मको सम्पुर्ण छायांकन सकिएको हो । ‘मायाका रङहरु’ बोलको गीतमा लिड अभिनेता आर्यन अधिकारी र अभिनेत्री प्रियंका कार्की फिचरिङमा छन् ।

चिसिँदो मुडेको मौसममा खिचिएको उक्त गीतमा प्रियंकाले केहि बोल्ड दृश्यहरु दिएकी छिन् । प्राप्त तश्विरमा उनलाई आर्यनको अंगालोमा भेट्न सकिन्छ । केहि दिन पहिले मात्रै खिचिएको उक्त गीत छिट्टै नै रिलिज गर्ने निर्माण टिमको भनाई छ । ओम प्रतिक गुरुङ फिल्मका निर्देशक हुन् । पुष्पान्जली अधिकारी, रामशरण राना र भुपेन्द्र सुवेदी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता रमेश प्रजापति छन् । सुरेश बज्राचार्यले खिचेको फिल्ममा कोरियोग्राफी कविराज गहतराजको छ । आउँदो पौष २८ मा फिल्म रिलिज हुनेछ ।

For More videos Log on to Mazzako TV