गायक जित लिम्बुको आवाजमा रहेको पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समय देखि अमेरिका बस्दै आएका गायक लिम्बुको ‘घुमाई–घुमाई’ बोलको गीतको म्युजिक भिडियो यूट्युब मार्फत हालै सार्वजनिक भएको हो । गीतकार डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापा स्माईलले संगीत भरेका हुन् ।


नायिका केकी अधिकारी र नायक बिनोद न्यौपानेको अभिनय रहेको ‘घुमाई घुमाई’ गीतको भिडियोलाई युवराज वाईबाले निर्देशन गरेका छन् । उत्सब दाहालको छाँयाकन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । उदय राज पौडेलको संगीत संयोजन रहेको गीतलाई डश म्युजिक प्रालीले बजारमा ल्याएको हो ।
हेर्नुस् भिडियो :

For More videos Log on to Mazzako TV