‘इकु’को फिर्के’मा अर्पण र ऋचा
सुलेमान शंकर ‘इकु’को निर्माणमा तयार भएको फिल्म ‘फिर्के’को फस्टलुक रिलिज भएको छ । ‘इकु’ बनाएर हिट भएका सुलेमान ‘इकु ब्याक एगेन’ बनाएर डुबेका थिए । उनले केही बर्षको अन्तरालपछि फिल्म ‘फिर्के’ बनाएका हुन् । 
रवि डंगोलले निर्देशन गरेको यो फिल्म पौष १४ गतेबाट रिलिज हुने भएको छ । फिल्ममा अर्पण थापा, ऋचा शर्मा, सुलेमान शंकर, क्रिस्टिना पौडेल, बिष्णु सापकोटा लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्ममा ओमलाल गुरुङ र राजेश श्रेष्ठले लगानी गरेका छन् । अभिमन्यू निरबीले यो फिल्म लेखेका हुन् ।
फिल्मको पोष्टरलाई आकर्षक बनाइएको छ । प्रस्तुतकर्ता तथा कलाकार सुलेमान कलाकारको बेजोड प्रस्तुती र रमाइलो कथावस्तुका कारण पनि फिल्म विशेष बनेको बताउँछन् ।
For More videos Log on to Mazzako TV







