नाजिर हाबी भएको ‘राज्जा रानी’को टिजर
फिल्म ‘राज्जा रानी’को टिजर रिलिज गरिएको छ । पौष २८ गतेलाई फिल्मको प्रदर्शन मिति तय गर्दै यसको टिजर रिलिज गरिएको हो । आर्यन फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो फिल्मको टिजरमा यसका मुख्य कलाकार नाजिर हुसेनलाई मात्र देखाइएको छ ।
फिल्मकी मुख्य अभिनेत्री केकी अधिकारी टिजरमा गायब छिन् । पश्चिम तराइको जनजाती प्रेमकथामा यो फिल्म निर्माण भएको छ । फिल्ममा कामेश्वर चौरासिया, लक्ष्मी वर्देवा, संगीता नापित, अरुण रेग्मी लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।
यो फिल्मलाई यम थापाले निर्देशन गरेका हुन् भने रमेश एम के पौडेलले निर्माण गरेका हुन् । फिल्मको कथावस्तुलाई लिएर निर्माता पौडेल ढुक्क देखिएका छन् । फिल्ममा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम न्यौपानेको छायांकन, विक्रम स्वारको कोरियोग्राफी, चन्दन दत्तको सम्पादन छ ।








