छायांकार लुकेपछि ‘होलिडे’ यूनिटलाई तनाव
फिल्म ‘होलिडे’को छायांकन सकेर यसको टोली नेपाल फर्कने क्रममा तनावमा परेको छ । फिल्मका छायांकार दिनेश कुमार राई छायांकन सकेपछि एकाएक यूरोपकै लुकेपछि यसको निर्माणपक्ष तनावमा परेको हो । 
शनिबारदेखि सम्पर्कमा दिनेश नरहेको निर्देशक बसन्त निरौलाले जानकारी दिएका छन् । उनका अनुसार, छायांकन सकिएपछि चक्लेट किन्न भन्दै निस्किएका दिनेश त्यसपछि आएका छैनन् । उनको लगेज निर्माण यूनिटसँगै भएपनि उनको डकुमेन्ट र पासपोर्ट भने उनले नै लिएर गएका छन् ।
बसन्त निरौलाको निर्देशनमा बनेको यो फिल्मको छायांकन बेल्जियममा गरिएको छ । फिल्ममा गौरव पहारि, वुद्धि तामाङ, पवित्रा आचार्यको मुख्य भूमिका छ । निर्माण यूनिटले अहिले प्रहरीमा खबर गरिसकको छ । अब दिनेशसँग १५ दिनको मात्र भिसा छ । उनी पोल्याण्ड गएको हुनसक्ने आशंका समेत गरिएको छ । दिनेशलाई सम्पर्कमा आउन समेत निर्माण यूनिटले आग्रह गरेको छ ।
For More videos Log on to Mazzako TV







