तारा लक्समलाई कस्ले यस्तो जादु गर्याे (भिडियो)
गायक तारा लक्सम लिम्बुको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक तारा लक्समको ‘के जादु गर्यौ भन तिमीले’ बोलको गीतको म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक भएको हो । आशिश भट्टराइको शब्द रहेको उक्त गीतमा जन्म राईको संगीत छ । गीतको संगीत संयोजन उदय राज पौड्यालले गरेका हुन् ।

जीवन रसाइली निर्देशित भिडियोमा नरमान राई र रेनुका पौड्याल फिचरिङ्गमा छन् । जीवन रसाइली र कशी कडेलले खिचेको भिडियोलाई जीवन स्वयमले सम्पादन गरेका हुन् । भिडियो :
For More videos Log on to Mazzako TV








