प्रचारमा छैन साथ, प्रियंकाले समाइन् प्रेमीको हात
अभिनेत्री प्रियंका कार्की अभिनित फिल्म ‘फाटेको जुत्ता’ कात्तिक १७ गतेबाट रिलिज हुँदैछ । यो फिल्मा उनलाई अभिनेता सौगात मल्लले साथ दिएका छन् । फिल्मको प्रचारका क्रममा प्रियंकाको दौडधुप हुनुपर्ने हो ।
तर, अहिले निर्माता अर्जुन कुमारलाई प्रियंकाको साथ पाउन निकै मुश्किल छ । कारण, प्रियंका अहिले नेपालमा नै छैनन् । फिल्म ‘सत्रु गते’को छायांकनका लागि विरगञ्जग जाने भन्दै हिडेकी प्रियंका भारत पुगेकी छिन् । उनी, भारत पुग्नुको मुख्य कारण हो, उनका प्रेमी आयुष्मान देशराज ।
आयुष्मान देशराजको प्रेममा केही समयदेखि रहेकी अभिनेत्री फिल्मको प्रचार छाडेर भारत पुगेकी हुन् । उनले आफ्नो इन्स्ट्राग्राममा आयुष्मानसँगका केही तस्बिर पोष्ट गरेकी छिन् ।
यता, निर्माता अर्जुन कुमार भने केही दृश्यमा मात्र अभिनय गरेकी अभिनेत्री बर्षा राउतलाई लिएर प्रचारमा दौडिएका छन् । प्रियंकाको यो काम त, काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर जस्तै भएन र ?
For More videos Log on to Mazzako TV







