‘लम्फू’ मा ‘तरकारीवाली’ को अभिनय, तर कस्तो भूमिकामा ?
‘तरकारीवाली’ को नामले सामाजिक संजालमा चर्चा कमाएकी गोरखाकी कुसुम श्रेष्ठले फिल्म ‘लम्फू’ मा अभिनय गरेको बताएकी छिन् । गोपालचन्द्र लामिछाने निर्देशित फिल्ममा अभिनय गरेबापत प्राप्त पारिश्रमिक कुशुमले अनाथ बालबालिकाको लागी खर्च गरकी छिन् ।
उनको भूमिकाको विषयमा भने कुसुमले खुलाउन चाहिनन् । ‘तपाईँहरु र दर्शकले हलमा गएपछि नै मेरो भूमिकाबारे प्रष्ट हुनुहुनेछ, म अहिले नै सबैकुरा खुलाउन चाहन्न’, कुसुमले भनिन् । यो फिल्मको छायांकन अघिल्लो बर्ष नै भएको थियो । तरकारीवालीको अभिनयको बारेमा भने गोप्य राखिएको थियो । 
उनले भनिन्न्, ‘म जुन समाजमा हुर्के, बढेँ यहि समाजले आज मलाई तरकारीवालीको रुपमा विश्वभर चिनाएको हो । मलाई समाजले अनपेक्षित रुपमा यति धेरै कुरा दियो । मैले पनि समाजको लागि केहि गर्नुपर्छ भन्ने लागेर अनाथ–असहाय बालबालिकामा खर्च गरेकी हुँ । यो मेरो पहिलो कमाई थियो र आगामी दिनमा पनि म सामाजिक कार्यमा अग्रसर रहिरहनेछु’ ।
भाईरल भएको एक बर्ष भित्र कुशुमलाई धेरै प्रकारका अफरहरु आएको बताइएको छ । एक दर्जन जति फिल्म, उत्तिकै संख्यामा म्यूजिक भिडियो, विज्ञापन, मोडलिङ तथा सरकारी तवरबाट पनि धेरै अफरहरु आएका थिए । शुरुमा फिल्ममा अभिनय गर्ने सोच नबनाएको बताएपनि ‘लम्फू’ टीमको सामाजिक उत्तरदायित्वको सोच र कुसुमलाई मास्टर डिग्रीसम्म निःशुल्क शिक्षाको लागी छात्रावृत्ती प्रदान गरेको कारण कुसुमले अभिनय गरेको उनले बताए ।

पपुलर मल्टिमिडियाका लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेको ’लम्फू’ मा कबिर खड्का, सलोन बस्नेत, चाँदनी शर्मा, मरिश्का पोखरेल, सञ्जित भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ ।
For More videos Log on to Mazzako TV







