‘होलिडे’ सकियो अनि टोली नेपाल फर्कियो
निर्देशक बसन्त निरौला निर्देशित नयाँ फिल्म ‘होलिडे’ को छायांकन यूरोपका बिभिन्न मुलुकमा गरिएको छ । कमेडी ड्रामा जनरामा बनेको ‘होलिडे’ मा गौरव पहारी, पबित्रा आचार्य, बुद्धि तामाङ, श्याम श्रेस्ठ, बेनि ढुंगाना लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रमा पहिलो पटक नायिका आचार्यले सोलो अभिनय गरेकी छन् ।

फ्रान्स, बेल्जियम, लग्जम्बर्ग लगायतका मुलुकमा छायांकन गरी कलाकारहरुको टीम नेपाल फर्किसकेको छ, भने निर्माण टीम भने केहि दिनमा फर्किने निर्देशक निरौलाले बताए । निर्देशक सहित नौ जनाको टीम चलचित्र छायांकनको लागि चालिस दिन अगाडी यूरोप पुगेको थियो ।

यबि.एन. फिल्मसको ब्यानरमा बनेको यो चलचित्रका निर्माताहरु मन्दिरा श्रेष्ठ, तेजेन्द्र कँडेल, र हरि कार्की हुन् भने दिनेश कालिराज कार्यकारी निर्माता हुन् । चलचित्रलाई अभिमन्यू निरबीले लेखेका छन् भने युवराज चौलागाईं र अमीत श्रेष्ठको संगीत रहेको छ ।
For More videos Log on to Mazzako TV







