कात्तिक ९ गते छठको अवसर पारेर सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘ऐश्वर्य’ ले यति बेला दर्शकको उल्लेख्य साथ पाइरहेको छ । सुरुवात दिन सुखद ओपनिङ गरेको फिल्मले तिन दिनमा करिब २ करोड को व्यापार गरेको निर्माण पक्षले बताएको छ । १०० भन्दा बढी हलमा प्रदर्शनमा आएको फिल्मले निर्माण पक्षले दिएको जानकारी अनुसार पहिलो दिन ४८ लाख दोस्रो दिन ५६ लाख र तेस्रो दिन ८० लाखको ग्रस कलेक्सन गरेको छ । शनिवार चलचित्र युनिट दर्शकको प्रतिक्रिया बुझ्न हल–हलमा गएको थियो ।

दर्शकको उत्साहजनक उपस्थिति र पाएको प्रतिक्रियाले चलचित्र युनिट दङ्ग देखिन्थे । रमेश उप्रेतीको निर्माणमा तयार भएको चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । दिन अर्जुन श्रेष्ठ, निर्मल शर्मा र किरण राणा उप्रेतीको संयुक्त लगानी रहेको ‘ऐश्वर्य’ मा रमेश उप्रेती, प्रशान्त ताम्राकार, केकी अधिकारी दीपिका प्रसाइँ, केशव भट्टराई, सुनिता ठाकुर, विकास खतिवडा, अमित पोखरेल र कोरियोग्राफर योञ्जनको अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV