अनाथ बालबालिकासँग सारिकाको जन्मदिन
फिल्मी करिअर अभिनेत्री सारिका घिमिरेको सुखद हुन सकेको छैन । न त उनले ठूलो ब्यानरका फिल्म नै पाएकी छिन् न त उनले दर्शक र मिडियामा कुनै चर्चा नै पाएकी छिन् । तर, पनि उनी कुनै न कुनै रुपमा फिल्म क्षेत्रमा लागि नै रहेकी छिन् ।

उनै, सारिकाले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ बानेश्वरको संगम चोकमा रहेको ‘नयाँ नेपाल समाज केन्द्र’का बालबालिकासँग मनाएकी छिन् । बिहिबार उनले बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गर्दै खाना खुवाइन् ।
संस्थाका अध्यक्ष कृष्ण गुरुङले संस्थामा ७० बालबालिका रहेको र आफूहरुले विभिन्न व्यक्तिहरुको सहयोगमा उनीहरूको पालन पोषणा तथा शिक्षा दिक्षा प्रदान गरिरहेको बताए । अभिनेत्री सारिकाले जन्मदिन पार्टी गरेर मनाउन भन्दा पनि यसरि बालबालिकासँग मनाउँदा आफूलाई रमाइलो र आनन्द लाग्ने बताइन् ।
चलचित्र ‘हत्याकाण्ड’बाट नेपाली सिनेक्षेत्रमा प्रवेश गरेकी सारिका घिमिरेले अहिलेसम्म दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी छिन् । उनले झमक कुमारी घिमिरेको बहुचर्चित कृति ‘जीवन काँडा कि फूल’मा आधारित रहेर तयार भएको फिल्ममा पनि काम गरेकी छिन् ।
For More videos Log on to Mazzako TV







