अभिनेता अनमोल केसीसँग फिल्म ‘जेरी’मा पहिलो पटक काम गर्दा अभिनेत्री आना शर्माको चर्चा उचाइमा थियो । आना नेपाली फिल्म क्षेत्रकी नयाँ सुपरस्टार हुन् भन्ने चर्चा पनि गरियो । आनाले अन्य अभिनेत्रीहरुलाई छायाँमा पार्छिन् भन्ने चर्चा पनि भयो ।

तर, दोश्रो फिल्म ‘ग्याङस्टार ब्लूज’मा अभिनय गर्दै गर्दा आना हराइन् । यो फिल्मका लागि उनले २ बर्ष भन्दा बढीको समय लगाइन् । फिल्म रिलिज हुने समयमा आनाको चर्चा भयो । तर, फिल्म रिलिज भएपछि त उनी पुरै गुमानाम जस्तै छिन् ।

अभिनेता अनमोल केसीसँगको पर्दा शेयर, उनीसँगको लभ अफेयरका कारण आना रातारात चर्चित बनेकी थिइन् । तर, आशिरमान देशराजसँग जोडी बनाउँदै गर्दा आना पूर्ण रुपमा असफल देखिइन् ।

यसैले, आनालाई आफ्नो करिअर जोगाउन फेरि आफ्ना पूर्व प्रेमी अनमाले केसी नै त चाहिने होइनन् भन्ने चर्चा सुरु भएको छ । होइन भने त आना गुमनाम नै हुने अवस्था आउने देखिएको छ ।

For More videos Log on to Mazzako TV