अनमोल जस्तै देखिने अभिषेकको चर्चा
अहिले सामाजिक संजाल र नेपाली मिडियामा एक ठिटोको खुबै चर्चा छ । यी ठिटोको नाम हो, अभिषेक श्रेष्ठ । भक्तपुरको सूर्यविनायकमा बस्दै आएका अभिषेकको चर्चा हुनुको पछाडि, उनको काम होइन । उनी, आफ्नो लुक्सका कारण चर्चामा छन् । 
अभिषेक झट्ट हेर्दा नेपाली फिल्म क्षेत्रका चर्चित अभिनेता अनमोल केसी जस्ता देखिन्छन् । अनमोल केसी जस्तै देखिने भएकाले पनि उनको चर्चा नेपाली मिडिया र सामाजिक संजालमा हुन थालेको हो ।
अभिषेकले केही भिडियोको कभर र केही फिल्ममा कोरसको रुपमा पनि काम गरेका छन् । उनी, नेपाली फिल्मका धेरै कलाकारसँग नजिक पनि छन् । अभिषेकलाई झट्ट हेर्दा धेरैले उनलाई अनमोल केसी भन्छन् । यहीकारणले गर्दा उनी नेपाली मिडियामा छोटो समयमा नै चर्चित बनेका हुन् । डान्समा अब्बल अभिषेक फिल्म क्षेत्रमा नै जम्ने कोशिशमा छन् । उनी अनमोल केसी जस्तै देखिएपनि फ्यान भने विपिन कार्कीका हुन् ।
For More videos Log on to Mazzako TV







