कृतीमाथि बन्न लागेको फिल्ममा शिल्पाको शिर्ष भूमिका
नेपालमा कृतिमाथि बनेका फिल्मलाई खासै न्याय गर्न सकिएको छैन । कृतिमाथि बनेका अधिकांश फिल्महरु असफल हुनुको पछाडि मुख्यकारण नै यहि हो । तर, अब फेरि अर्को एक कृतिमाथि फिल्म बन्ने भएको छ । अभिनेत्री शिल्पा पोखरेलको मुख्य भूमिका रहने फिल्म ‘आर्या’को शुभमुहुर्त गरिएको छ । यो फिल्मको छायांकन चाडै नै सुरु हुनेछ ।

श्री तिमिल्सिना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई उपेन्द्र तिमिल्सिनाले निर्देशन गर्दैछन् । धर्मराज श्रेष्ठ निर्माता रहेको फिल्ममा अनुपविक्रम शाही, रवि गिरी, सुशिल पोखरेल, गीता अधिकारी, निरञ्जन शर्माको पनि मुख्य भूमिका हुनेछ ।
दिव्यराज सुवेदीको छायांकन, राम सिटौलाको संगीत रहने फिल्मलाई काठमाण्डौ र काठमाण्डौ बाहिरका विभिन्न स्थानमा खिचिनेछ । नेपाली नारीमाथि राणाकालमा भएको यौन शोषण र ज्यादतीको कथालाई फिल्ममा उतारिनेछ । उपन्यासकार लक्ष्मण सिटौलाले नै फिल्मको कथा लेखेका हुन् ।
For More videos Log on to Mazzako TV







