आफैमा रमाएकी बर्षा
अभिनेत्री बर्षा सिवाकोटी अन्य अभिनेत्री भन्दा भिन्न छिन् । गसिप र स्क्यान्डल भन्दा पर बस्ने गरेकी बर्षालाई मिडियामा छाइरहन मन लाग्दैन । यो उनको कमजोरी हो या सफल पक्ष हो, त्यो त भविष्यले नै बताउनेछ ।

एक नयाँ फिल्म साइन गरेकी बर्षा आफूलाई धेरै चर्चामा आउन मन नलाग्ने बताउँछिन् । बर्षाका अनुसार, उनलाई काममा विश्वास लाग्छ । आफ्नो कामकै कारणले जित्न सकिने बर्षाको तर्क छ ।
पछिल्ला सबै फिल्म असफल भएपनि आफूले धैर्यता गर्न नछाडेको बर्षाको भनाई छ । सार्वजनिक कार्यक्रममा पनि खासै नपुग्ने बर्षाका फिल्म क्षेत्रमा त्यस्ता मिल्ने साथी छैनन् । धेरै अभिनेत्रीहरु साना सान समाचारमा पनि रमाउँदा उनलाई त्यस्ता कुराले दुरगामी प्रभाव पार्दैन भन्ने लाग्छ ।
नेपाली फिल्म क्षेत्रमा ‘नाई नभन्नु ल ४’बाट उदाएकी बर्षालाई अमेरिकाले ५ बर्षको भिसा दिएको छ । तर, उनी आफू अमेरिका नजाने बताउँछिन् ।
For More videos Log on to Mazzako TV







