हुनत, कलाकारको जीवनमा उतारचढाव आई नै रहन्छ । तर, पनि कलाकारहरु मुस्कुराएर हिड्न भने कहिल्यै पछि पर्दैनन् । अभिनेत्री नीता ढुंगाना प्रेममा अलग भएपछि झनै खुशी भएको बताइरहेकी छिन् ।

यसैले पनि अहिले उनका तस्बिरहरु यस्तै मुस्कानले भरिएका हुन्छन् । फिल्म असफल भएपनि निरन्तर फिल्म पाइराखेकी नीता केही समयमै अमेरिकामा पनि पुग्दैछन् । एकपछि अर्को देशमा आयोजना हुने कार्यक्रमका लागि पुग्ने गरेकी नीता अहिले सबैतिरबाट खुशी देखिन्छिन् । सायद, यसैले पनि उनले फेसबुकमा पोष्ट गरेको तस्बिरमा त्यो विन्दास अवतार झल्किएको छ ।

नेपाली फिल्म क्षेत्रमा दैनिक आउने सयौ यूवायूवतीमा केही मात्र सफल भएको उदाहरण छ । सानैबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी नीता पनि अहिले फिल्म क्षेत्रमा चर्चित छिन् । आफू अभिनित फिल्म ‘पंचायत’को शोका लागि उनी अमेरिकामा आयोजना हुने एक फिल्म महोत्सवमा पनि सहभागी हुनेछिन् । करिअरको उतारचढावले नीतालाई खासै फरक पारेको छैन । सायद, यसैले होला उनको अनुहारमा अहिले मुस्कान फर्किएको मात्र छैन विन्दासपना पनि देखिन थालेको छ ।

For More videos Log on to Mazzako TV