अनमोलको काजोलसँग भाइटिका
नेपाली फिल्म क्षेत्रका चर्चित अनुहारहरुले शनिबार भाइटिका उल्लासमय तरिकाले मनाएका छन् । भाइटिकासँगै यो बर्षको तिहार पर्व सकिएको छ । नेपाली फिल्म क्षेत्रका सुपरस्टार अभिनेता अनमोल केसीले दिदी काजोलसँग भाइटिका लगाएका छन् ।

अमेरिकामा रहँदै आएकी काजोल अनमोललाई भाइटिका लगाइदिन नेपाल आएकी थिइन् । अनमोलले भाइटिका लगाएको तस्बिर आफ्नो फेसबुकमा पोष्ट गरेका छन् । टिका लगाउने क्रममा दिदी काजोलको खुट्टा ढोग्दै अनमोल मुस्कुराएका पनि छन् ।
नेपाली फिल्मका चर्चित अनुहारहरुले आफ्नो दाई, भाई, दिदी–बहिनीसँग टिका लगाएर तिहारको अन्तिम दिनको भाइटिकालाई बिदा गरेको स्पष्ट देख्न सकिन्छ । अभिनेत्री प्रियंका कार्कीले शान बस्नेतसँग टिका लगाइन् भने साम्राज्ञीले पनि आफ्नो भाइसँग टिका लगाइन् ।
यस्तै, अभिनेत्री स्वेता खड्काले पनि भाइसँग टिका लगाएको तस्बिर पोष्ट गरेकी छिन् भने अभिनेता भूवन केसीले आफ्ना दिदीहरुसँग टिका लगाएको तस्बिर फेसबुकमा पोष्ट गरेका छन् ।








