रेखा र सिल्पालाई लिएर छविले फिल्म बनाउँलान् ? (भिडियो)
अभिनेत्री रेखा थापा तथा आर्यन सिग्देल अभिनित फिल्म ‘रुद्रप्रिया’ बिहिबारबाट अल नेपाल सार्वजनिक भएको छ । करिब ८ बर्ष सम्म आर्यनसँग बिग्रिएको सम्बन्ध सुधार गर्दै ‘रुद्रप्रिया’ बनाएकी रेखा थापाले यसै फिल्मको प्रिमियरमा अर्को सम्बन्ध सुधार गरिन् । पुर्व पती छविराज ओझा र उनकी हुनेवाली कान्छी शिल्पा पोखरेल ‘रुद्रप्रिया’ को प्रिमियरमा उपस्थित थिए । यतिखेर फिल्मी बजारमा रेखा, छवि र शिल्पा बिच सम्बन्धमा नयाँ ईंटा थपिएको विश्लेषण हुने थालेको छ ।

छवि र शिल्पाले रेखाको फिल्म ‘रुद्रप्रिया’ लाई मुक्तकण्ठल प्रशंसा गरे । जे होस् रेखा, छवि र शिल्पा बिच बिग्रिएको भनिएको सम्बन्धमा सुधार आएको छ । अब यो नयाँ सम्बन्धले पनि केहि फिल्ममा सहकार्य गर्ला ? निर्माता ओझाले भने, ‘असम्भब भन्ने कुरै छैन । हाम्रो पारिवारिक सम्बन्ध मात्रै सकिएको हो । व्यावसायिक सम्बन्ध बिग्रिएको छैन ।आर्यन रेखाको ‘रुद्रप्रिया’लाई कस्ले के के भने हेर्नुस् भिडियो :
For More videos Log on to Mazzako TV








