आफू अभिनित फिल्ममा विभिन्न बहाना बनाएर अभिनेत्री केकी अधिकारीले प्रचारमा साथ नदिएको उदाहरण धेरै छन् । तर, अब केकी निर्मात्री बन्दै कलाकारले साथ नदिदाको पीडा वुझ्ने दौडमा लागेकी छिन् ।

फिल्म ‘लभ सासा’मा पारिश्रमिक नलिएर निर्मात्री बनेकी केकी अब भने फिल्म निर्माणमा तम्सिएकी छिन् । केकीले निर्माण गर्न लागेको फिल्मको नाम ‘कोहलपुर एक्सप्रेस’ राखिएको छ । यो फिल्मलाई म्यूजिक भिडियो निर्देशक विशाल भण्डारीले निर्देशन गर्दैछन् ।

फिल्ममा केकीको साथमा पि्रयंका कार्की, ऋचा शर्मा लगायतका कलाकारको अभिनय रहने वुझिएको छ । केकीको यो फिल्म कमेडी कथामा तयार हुनेछ ।
केकी अहिले यो फिल्मको तयारीमा लागिरहेकी छिन् । कात्तिक १२ गतेबाट फिल्मको छायांकन सुरु हुनेछ ।

For More videos Log on to Mazzako TV