उत्कृष्ट फिल्म ‘जात्रा’ हुदा, विपिन–श्रृजना उत्कृष्ट नायक नायिका : इनास अवार्ड (फोटो फिचर)

‘पाँचौ इनास फिल्म अवार्ड’ सम्पन्न भएको छ । शुक्रबार राजधानी स्थित राष्ट्रिय सभा गृहमा भएको समारोहमा उत्कृष्ट १ लाई अर्वाड प्रदान गरिएको हो । यस वर्ष उत्कृष्ट अभिनेता–अभिनेत्रीको अवार्ड ‘जात्रा’ बाट विपिन कार्की र ‘डाइङ क्यान्डल’ बाट श्रृजना सुब्बाले पाएका छन् । यस्तै, उत्कृष्ट फिल्मको अवार्ड ‘जात्रा’ ले हात र्पायो । एनआरएनएका अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्डमा २० विधामा अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ हाँस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरियो । विभिन्न क्षेत्रमा योगदान र्पुयाउने बरिष्ठ व्यक्तिहरुलाई ‘इनास विशिष्ट सम्मान’ बाट सम्मानित गरिएको थियो । राष्ट्रकवि माधवप्रसाद घिमिरे, इतिहासविद् सत्यमोहन जोशी, गायक तथा संगीतकार प्रेमध्वज प्रधान, निर्देशक तथा गीतकार चेतन कार्की, नृत्यांगना विमला श्रेष्ठ पनि सम्मानित भए ।








‘पाँचौ इनास फिल्म अवार्ड’ सुचि हेनुस् :
१.उत्कृष्ट द्वन्द्व निर्देशक : राजकुमार उप्रेती ‘लुट २’
२.उत्कृष्ट नृत्य निर्देशक : कविराज गहतराज ’’छक्का पन्जा’
३.उत्कृष्ट सम्पादक : मित्र गुरुङ ‘जात्रा’
४.उत्कृष्ट छायांकार : दिवान्कर सिग्देल र रविन आचार्य ’डाइङ क्यान्डल’
५.उत्कृष्ट गीतकार : दयाराम पान्डे ‘पलाँस’
६.उत्कृष्ट सङगीतकार : राजनराज शिवाकोटी ’छक्का पन्जा’
७.उत्कृष्ट गायिका : अन्जु पन्त ‘पुर्व पश्चिम रेल’ ’छक्का पन्जा’
८.उत्कृष्ट गायक : तारा प्रकाश लिम्बू ’हारे हारे’ ‘विरविक्रम’
९.उत्कृष्ट पटकथा : दिपेन्द्र लामा ‘घामपानी’
१०.उत्कृष्ट खलनायक : सौगात मल्ल ‘लुट २’
११.उत्कृष्ट नव निर्देशक : दिपाश्री निरौला ’ छक्का पन्जा’
१२.उत्कृष्ट हास्य कलाकार : केदार घिमिरे ‘छक्का पन्जा’
१३.उत्कृष्ट सह अभिनेत्री : बर्षा राउत ’छक्का पन्जा’
१४.उत्कृष्ट सह अभिनेता : माओत्से गुरुङ ‘पुरानो डुङ्गा’
१५.उत्कृष्ट नव नायक : सुरज पान्डे ‘लभ लभ लभ’
१६.उत्कृष्ट नव नायिक : दिया पुन ‘वीर विक्रम’
१७.उत्कृष्ट निर्देशक : मिलन चाम्स ’वीर विक्रम’
१८.उत्कृष्ट नायिका : सृजना सुब्बा ’डाइङ क्यान्ड्ल’
१९.उत्कृष्ट नायक : विपिन कार्की ’जात्रा’
२०.उत्कृष्ट फिल्म : जात्रा








