अभिनेता निखिल उप्रेतीका फिल्मले बक्स अफिसमा धमाका त मच्चाएका छैनन् । तर, पनि उनी आफ्नै शैलीमा व्यस्त छन् । अभिनेता विराज भट्ट फिल्म क्षेत्रबाटै हराउँदै गर्दै गर्दा निखिलले भने आफ्नो उपस्थितीलाई गहकिलो बनाएका छन् ।

तर, उनै निखिल अहिले एक अभिनेत्रीलाई उनको करिअर बनाउनमा साथ दिइरहेका छन् । उनी हुन्, सारा । फिल्म ‘रुद्र’बाट निखिलले सारालाई फिल्म क्षेत्रमा ल्याएका थिए । उनै, सारालाई निखिलले फिल्म ‘पिजडा ब्याक एगेन’मा पनि काम गराए ।

निखिल र साराको जोडी अहिले जम्न थालेको छ । यसैले, साराले पनि फिल्मको पत्रकार सम्मेलनमा आफूलाई सबैभन्दा बढी सहयोग गर्ने भन्दै निखिललाई धन्यवाद दिइन् ।
साराको करिअर अब निखिलको साथमा अगाडि बढ्ने देखिएको छ । के निखिलले साराको करिअरलाई अगाडि लगिदेलान् ?

For More videos Log on to Mazzako TV