परदेशी साइलो बाकसमा फर्किएपछि…(भिडियो)
संगीत सहयात्री विरेन्द्र दंगालको प्रस्तुतीमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । एम आचार्य विवश को शब्द, संगीत र साजन राई को स्वरमा ‘साइलो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएकोे हो ।
भिडियोमा वरिष्ठ अभिनेता शुरविर पण्डित, चर्चित मोडल तथा नायिका मन्जिता के.सी. र नवकलाकार विरेन्द्र दंगालको मज्जाको अभिनय रहेको छ । बाशु बरालको छायाँकन रहेको भिडियोलाई प्रदिप दाहालले सम्पादन गरेका छन् । भिडियोको दुर्गा विरहीले निर्देशन गरेका हुन् ।

गीतको भिडियोले सम्पुर्ण परदेशी नेपालीलाई भाबुक बनाउनुको साथै समस्त नेपाली युवालाई नेपालमै कर्मथलो बनाउन प्रेरित गर्छ । गीतले सकारात्मक सोचको विकास गराई समाज तथा राष्ट्र निर्माणमा योगदान पुर्याउनेमा संगीत सहयात्री विरेन्द्र दंगालले बताए । भिडियो यस्तो छ :
For More videos Log on to Mazzako TV








