‘ए मेरो हजुर २’ लाई अर्काे सफलता, ‘कसम हो’ करोड क्लबमा
झरना थापा निर्देशित यस वर्षको सुपरहिट फिल्म ‘ए मेरो हजुर २’ लाई अर्काे सफलता मिलेको छ । फिल्म ‘कसम हो कसम’ बोलको गीतलाई युट्युवमा एक करोड बढी पटक हेरिएको छ । भिडियोमा फिल्मका मुख्य नायक सलिनमान बनियाँ तथा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह फिचरिङमा छन् । डा.कृष्णहरी बरालको शब्द, सुगम पोखरेलको स्वर र कल्याण सिंहको संगीत रहेको गीतलाई युटुवमा एक करोड भन्दा बढी पटक हरिएको हो ।

सुहाना इन्टरटेनमेन्टको प्रस्तुतिमा सुनिल कुमार थापाले ‘ए मेरो हजुर २’ निर्माण गरेका हुन् । सार्वजनिक प्रदर्शनमा सुपरहिटको व्यापार गर्न सफल फिल्ममा साम्राज्ञी राज्य लक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत लगायत कलाकारहरुको अभिनय रहेको छ ।
For More videos Log on to Mazzako TV








