साम्रज्ञी यूके जान नपाएपछि रोकियो ‘इन्टु मिन्टु लण्डनमा’को सुटिङ
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह यूके जान नपाएपछि फिल्म ‘इन्टु मिन्टु लण्डन’माको छायांकन प्रभावित भएको छ । भदौमा नै फिल्मको छायांकन यूकेमा गर्ने सेड्यूल बनाएर फिल्मकी निर्देशक रेनशा वान्तवा राइ र अभिनेता धिरज मगर यूके पुगेका थिए । तर, अभिनेत्री साम्राज्ञीलाई भने यूकले भिसा नै दिएन । 
साम्राज्ञीको पासपोर्ट महिनौ दिन नेपालस्थित बेलायती राजदुतावासमा रहेपनि अन्ततः उनको भिसा आएन । जसकाकारण, फिल्मको छायांकन हुन नसकेको हो । फिल्मकी निर्देशक राइका अनुसार, अब सबै सेड्यूल बनाएर फेरि फिल्मको छायांकन गरिने राइको भनाइ छ ।
यस्तै, फिल्म ‘लिलिबिली’की अभिनेत्री रेविता गुरुङलाइ पनि यूकले भिसा दिएन । भिजा नदिएपछि अहिले फेरि यसका निर्देशक मिलन चाम्स रेविताको भिसाका लागि दौडधुपमा देखिएका छन् ।
For More videos Log on to Mazzako TV







