अमेरिकाको फिल्म फेष्टिवलमा ‘पंचायत’ ले सहभागीता जनाउने
अमेरिकाको सनफ्रान्सिस्कोमा हुने ‘सनफ्रान्सिस्को अन्तर्राष्ट्रिय न्यु कन्सेप्ट फिल्म फेष्टिवल २०१७’ मा नेपाली फिल्म ‘पंचायत’ सहभागी हुने भएको छ । अक्टोबर २५ देखी २९ सम्म हुने फेष्टिवलमा फिल्म ‘पंचायत’ ले सहभागी जनाउन लागेको हो । फेष्टिवलका लागि फिल्मका मुख्य कलाकार सरोज खनाल र नीता ढुंगाना अमेरिका जाने भएका छन् ।

१५ बर्ष अघि सुरु भएको यस फेस्टिबलमा गत वर्ष देखि नेपाली फिल्मले सहभागीता जनाउन थालेका हुन् । गत वर्ष फिल्म ‘तीन घुम्ती’ ले उत्कृष्ट बिदेशी भाषाको फिल्म पुरस्कार जित्न सफल भएको थियो ।
‘सनफ्रान्सिस्को अन्तर्रा्ष्ट्रिय न्यु कन्सेप्ट फिल्म फेष्टिवल २०१७ ‘मा हालिउड र एसियन चलचित्रहरु गरि २ सय चलचित्रले प्रतिस्पर्धा गर्दैछन् । चलचित्र पंचायतले आफुलाई २ सय चलचित्र भित्र पर्न सफल भएको छ । ग्रामिण कथा र पुरानो संस्कृति झल्काउने फिल्म पंचायतको लेखन तथा निर्देशन शिवम अधिकारीले गरेका हुन् ।
गणेश गिरीको प्रस्तुती रहेको फिल्मको निर्माण सुशान्त श्रेष्ठ र शंकर सुवेदीले गरेका हुन् । सञ्चारकर्मी रवि अधिकारी फिल्मका कार्यकारी निर्माता हुन्।फिल्ममा सरोज खनाल र निता ढुङगाना मुख्य भूमिकामा छन् भने रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी लगायतको अभिनय छ ।
For More videos Log on to Mazzako TV








