अभिनेत्री तथा निर्देशक झरना थापालाइ फिल्म ‘ए मेरो हजुर २’ले नयाँ परिचय दिलायो । झरना यो फिल्मबाट निर्देशक बनिन् र सफल बनिन् । यो फिल्म हिट भएपछि झरनालाइ ‘ए मेरो हजुर ३’ बनाउने दबाब आउन थालेको छ ।

हुनत, झरनासँग अहिलेसम्म तेश्रो भागका लागि कथा तयार भएको छैन । तर, उनीसँग ‘ए मेरो हजुर २’को कथा लेखक हरिहर अधिकारीले दिएको नयाँ फिल्मको कथा छ । फिल्मको नाम, ‘भागवत गीता’ हो । सुन्दा धार्मिक जस्तो लागेपनि यो फिल्म पूर्ण रुपमा लभस्टोरी जनरामा तयार हुनेछ ।

फिल्ममा ‘भागवत नाम गरेका केटा र गीता नाम गरेकी केटी’को प्रेमकथा देखाइने झरनाको भनाइ छ । तर, झरनालाइ फिल्म ‘ए मेरो हजुर ३’ बनाउन वितरक, दर्शकले चर्को दबाब दिइरहेका छन् । यसैले, पहिले कुन सुरु गर्ने पक्का नभएको झरनाको भनाइ छ । तर, जुन पहिले बनेपनि यो बर्षको अन्त्यबाट छायांकनमा जाने उनले बताइन् ।

For More videos Log on to Mazzako TV