यस्तो छ ‘इनास अवार्ड’को २० विधाको नोमिनेशन
गतबर्ष सिक्किममा अवार्ड आयोजना गर्दा विवादमा परेको ‘इनास अवार्ड’को पाँचौ श्रृङ्खला अब नेपालको राजधानी काठमाण्डौमा आयोजना हुने भएको छ । असोज २७ गते आयोजना हुन लागेको अवार्डमा २० विधामा अवार्ड प्रदान गरिनेछ । 
साथमा, ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड, सक्रिय चलचित्र पत्रकारिता सम्मान र विभिन्न सम्मानहरु’ अवार्डमा प्रदान गरिनेछ । यसबर्षको अवार्डको व्यवस्थापनको जिम्मा पनि अन्तरा इन्टरनेशनलले नै लिएको छ ।
अवार्डका विभिन्न २० विधामा पर्न सफल फिल्म र फिल्मीकर्मीको नाम यसप्रकार छः
१. उत्कृष्ट फिल्म
छक्का पन्जा
जात्रा
डाइङ क्यान्डल
२. उत्कृष्ट निर्देशक
विक्रम विक्रमः मिलन चाम्स
जात्राः प्रदिप भट्टराइ
छक्का पन्जाः दीपाश्री निरौला
३. उत्कृष्ट नायक
विपिन कार्कीः जात्रा
दयाहाङ राइः विर विक्रम
दीपकराज गिरीः छक्का पन्जा
४. उत्कृष्ट नायिका
श्रृजना सुब्बाः डाइङ क्यान्डल
स्वस्तिमा खड्काः लभ लभ लभ
प्रियंका कार्कीः छक्का पन्जा
५. उत्कृष्ट सह– अभिनेत्री
बर्षा राउतः छक्का पन्जा
मेनुका प्रधानः पुरानो डुङ्गा
प्रमिता आरएल राणाः चपली हाइट २
६. उत्कृष्ट सह–अभिनेता
सरोज खनालः म यस्तो गीत गाउँछु
माओत्से गुरुङः पुरानो डुङ्गा
अनिता खड्काः घामपानी
७. नव– निर्देशक
दीपेन्द्र लामाः घामपानी
दीपाश्री निरौलाः छक्का पन्जा
प्रदिप भट्टराइः जात्रा
८. उत्कृष्ट नव–नायक
सुरज पाण्डेः लभ लभ लभ
आयुष्मान देशराज जोशीः चपली हाइट २
पृथ्वीराज प्रसाइः किस्मत २
९. उत्कृष्ट नव– नायिका
दीया पुनः विर विक्रम
नम्रता श्रेष्ठः गाँठो
ज्योत्सना योगीः म त तिम्रै हुँ
१०. उत्कृष्ट खलपात्र
सौगात मल्लः लूट २
अर्पण थापाः विर विक्रम
कामेश्वर चौरासियाः पलाँस
११. उत्कृष्ट हाँस्य कलाकार
केदार घिमिरेः छक्का पन्जा
राजाराम पौडेलः म यस्तो गीत गाउँछु
विपिन कार्कीः लूट २
१२. उत्कृष्ट लेखक–पटकथा
दीपकराज गिरीः छक्का पन्जा
दीपेन्द्र लामाः घामपानी
नरेश केसीः डाइङ क्यान्डल
१३. उत्कृष्ट सम्पादक
सुरेन्द्र पौडेलः लूट २
विपिन मल्लः छक्का पन्जा
मित्र गुरुङः जात्रा
१४. उत्कृष्ट छायांकार
पुरुषोत्तम प्रधानः छक्का पन्जा
दीपांकर सिग्देल र रोविन आचार्यः डाइङ क्यान्डल
पुरुषोत्तम प्रधानः लूट २
१५. उत्कृष्ट संगीतकार
अर्जुन पोखरेलः भन्छु आज(म यस्तो गीत गाउँछु)
राजनराज सिवाकोटीः पूर्व पश्चिम रेल(छक्का पन्जा)
कालिप्रसाद बाँस्कोटाः निर जहिले रिसाउने(पुरानो डुङ्गा)
१६. उत्कृष्ट गीतकार
दयाराम पाण्डेः पलाँस
किरण खरेलः किस्मत २
शान्तिप्रियः छक्का पन्जा
१७. उत्कृष्ट गायक
ताराप्रकाश लिम्बुः विर विक्रम
कालिप्रसाद बास्कोटाः पुरानो डुङ्गा
सुगम पोखरेलः म यस्तो गीत गाउँछु
१८. उत्कृष्ट गायिका
अन्जु पन्तः छक्का पन्जा
अन्जु पन्तः छक्का पन्जा
मिना निरौलाः लूट २
१९. उत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराजः छक्का पन्जा
कविराज गहतराजः म यस्तो गीत गाउँछु
विक्रम स्वारः लूट २
२०. उत्कृष्ट द्धन्द्ध निर्देशक
राजकुमार उप्रेतीः लूट २
चन्द्र पन्तः किस्मत २
सानुकुमार महर्जनः पलाँस








