फिल्म ‘ऐश्वर्य’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्न लागेकी अभिनेत्री हुन् दीपिका प्रसाइ । दीपिका प्रसाइको चर्चा फिल्म रिलिज अगावै खुबै छ । कारण, यो फिल्मकी अर्की अभिनेत्री केकी अधिकारी प्रचारबाट छायाँमा परेपछि दीपिकाले सबै क्रेडिट लिइरहेकी छिन् ।

यो फिल्मको ट्रेलरमा दीपिकाले विकिनी लगाएको देखाइएको छ । सुपर मोडलको भूमिकामा रहेकी दीपिकाले विकिनी लगाएपछि यसले हंगामा मच्चाएको छ । तर, दीपिकालाइ विकिनी लगाएर दृश्य दिन त्यती सजिलो भने भएको थिएन । कारण, दीपिकाले सुरुवातमा यो फिल्ममा विकिनी लगाउन नै मानेकी थिइनन् । तर, जब निर्देशक दिवाकर भट्टराइले विकिनीका लागि कन्फिन्स गरे, दीपिकाले मानिन् ।

तर, फिल्मको छायांकन लगतै फोटो बाहिरिएपछि दीपिकाले फिल्मको सेकेन्ड सेड्यूलमा काम गर्न निकै गाह्रो मानेकी थिइन् । उनले, सो दृश्य फिल्ममा नराख्न बारम्बार भनेकी समेत थिइन् । अहिले, सोही दृश्यले दीपिकाको चर्चा चुलिएको छ ।

कात्तिक ९ गतेबाट रिलिज हुन लागेको यो फिल्ममा दीपिकाका अलवा रमेश उप्रेती, केकी अधिकारी र प्रशान्त ताम्राकारको मुख्य भूमिका छ ।

For More videos Log on to Mazzako TV