कति पुग्ला बर्षाको पारिश्रमिक ?
फिल्म ‘मेरो पैसा खोइ’का लागि अनुवन्धित हुने समयमा अभिनेत्री बर्षा राउतले ३ लाख भन्दा बढी पारिश्रमिक लिएको चर्चा थियो । निर्माता तथा निर्देशक रोज राणाले बर्षालाइ सो रकम दिएको बताएका पनि थिएन । तर, फिल्म चलेन । 
बर्षा राउतको यो फिल्म नचलेपनि उनी फिल्म ‘छक्का पन्जा २’ हिट भएपछि यसै दंग देखिएकी छिन् । उनै, बर्षा अब आफ्नो पारिश्रमिक बढाउने बताउँछिन् । बर्षाका अनुसार हिरोहरुले १० देखि २० लाख सम्म डिमाण्ड गर्न थालेका छन् । अभिनेत्रीहरुका कारण पनि फिल्म चलेको अवस्था छ । यस्तो अवस्थामा आफूले पारिश्रमिक डिमाण्ड गर्दा केही फरक नपर्ने उनको भनाइ छ ।
तर, बर्षाले डिमाण्ड गरे अनुसारको पारिश्रमिक निर्माताले उनलाइ देलान् कि नदेलान् भन्ने प्रश्न मुख्य हो । हेरौ, अब पारिश्रमिक नलिमेका कारण बर्षाले फिल्म छाडेका खबर सार्वजनिक हुन्छ या हुदैनन् ।
For More videos Log on to Mazzako TV







