अभिनेता रमेश उप्रेती अभिनित प्रतिक्षित फिल्म ‘ऐश्वर्य’ रिलिजको तयारीमा छ । आउदो कात्तिक ९ गते छटपर्वको अवसरमा सार्वजनिक प्रदर्शनमा आउने फिल्मले सुखद प्रतिक्रिया पाउनेमा फिल्म युनिट ढुक्क छ । फिल्मको ‘तिमी रोएको पल’ बोलको गीत तथा ट्रेलरले दर्शकको मन जितिसकेको छ । दिवाकर भट्टराई निर्देशित फिल्ममा रमेश उप्रेती, दीपिका प्रसाईं, प्रशान्त ताम्राकार र केकी अधिकारीको मुख्य भूमिका छ ।

 

निकै मेहेनतका साथ काम गरेकाले दर्शकले फिल्म मन पराउँनेमा आशावादी रहेको फिल्मका निर्माता समेत रहेका अभिनेता उप्रेती बताउँछन् । यता फिल्म ‘स्टुपिड मन’ बाट राम्रो प्रतिक्रिया बटुलेका निर्देशक दिवाकर भट्टराई दर्शकको रोजाइको फिल्म बनेको बताउँछन् । उनि भन्छन्–‘दर्शकले फिल्म हेरेर नराम्रो प्रतिक्रिया चाहिं दिनु हुन्न ।’ अहिले सम्मको प्रतिक्रियालाई हेर्दा पनि दर्शक हल सम्म आउने फिल्म युनिटको बुझाई छ ।

For More videos Log on to Mazzako TV