‘छक्का पन्जा २’लाइ १० करोड
दीपाश्री निरौला निर्देशित तथा दीपकराज गिरी र विभिन्न हाँस्य कलाकार मिलेर बनाएको फिल्म ‘छक्का पन्जा २’ पैसा छाप्ने मेसिन नै बनेको छ । अघिल्लो फिल्म ‘छक्का पन्जा’ले सम्पूर्ण रेकर्ड तोड्दै १६ करोड कमाइ गरेको थियो । 
त्यसको एक बर्षपछि रिलिज भएको फिल्म ‘छक्का पन्जा २’ राम्रै कमाइ गरेर अगाडि बढिरहेको छ । फिल्मले अब, आफूलाइ सर्वाधिक कमाइ गर्ने फिल्मको दोश्रो नम्बरमा उभ्याएको छ । यसअगाडि, दोश्रो नम्बरमा फिल्म ‘कोहिनुर’ थियो, जसले १० करोडको व्यापार गरेको थियो । तर, अब स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको फिल्म ‘कोहिनुर’को रेकर्ड तोड्दै फिल्म ‘छक्का पन्जा २’ दोश्रो नम्बरमा आइपुगेको छ ।
यो फिल्मले १० दिनमै १० करोडको व्यापार गर्दै नयाँ रेकर्ड बनाएको हो । सबैभन्दा छोटो समयमा यति रकम कमाउने यो पहिलो फिल्म पनि बनेको छ । काठमाण्डौका मल्टिप्लेक्समा हाउसफूलका साथ चलिरहेको यो फिल्मले ‘छक्का पन्जा’को रेकर्ड पनि तोड्ने विश्वास गरिएको छ ।
For More videos Log on to Mazzako TV







