खगेन्द्र र मेनुकाको ‘डमरुको डण्डिबियो’
फिल्म ‘नोभेम्बर रेन’का लेखक छेतन गुरुङले नयाँ फिल्मको निर्देशन गर्ने भएका छन् । उनको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘डमरुको डण्डिबियो’को काठमाण्डौमा आयोजित एक कार्यक्रममा घोषणा गरिएको छ । असोज २२ गते आइतबारदेखि छायांकनमा जाने फिल्मलाइ काठमाण्डौ र लम्जुङको घले गाउँमा खिचिनेछ । यो फिल्मको बजेट डेढ करोड बताइएको छ । 
४० दिन लगाएर छायांकन हुने फिल्ममा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, वुद्धि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । फिल्मले नेपालबाट लोप हुँदै गएको डण्डिबियो खेलको विकास र विस्तारमा सहयोग गर्ने निर्देशकको विश्वास छ । सुमी श्रेष्ठ र विनोद गुरुङको लगानीमा यो फिल्म बन्नेछ । फिल्मलाइ यसैबर्ष रिलिज गर्ने तयारी समेत गरिएको छ ।
For More videos Log on to Mazzako TV







