‘बा’ भन्दै छविसँग शिल्पाले लगाइन् दशैको टिका
पण्डितले अहिले नै बिहेको खबर सार्वजनिक नगर्न भनेका कारण निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलले बिहेको कुरालाइ गोप्य राखेको समाचार बाहिरिसकेको छ । शिल्पा र छविले गतबर्षको दशैमा नै बिहे गरेको खबर नेपाली मिडियामा आइसकेको छ । 
तर, शिल्पा र छविको शैली भने फरक देखिन्छ । यो बर्षको विजयादशमीमा अभिनेत्री शिल्पा पोखरेलले निर्माता छविराज ओझासँग टिका त थापिन्, तर चौथो दिनमा मात्र ।
छविसँग नै बिहे गरेकी भनिएकी शिल्पाले छवि फिल्म क्षेत्रमा आफ्ना लागि बा भएको भन्दै चौथो दिन उनको घरमा पुगेर टिका थापेको तस्बिर फेसबुमा पोष्ट गरेकी छिन् । साच्चै, छविसँग शिल्पाले चौथो दिनमा मात्र टिका थापेकी होलिन् त ?
For More videos Log on to Mazzako TV







