केही बर्ष अगाडि सम्म नेपालमा सिक्वेल फिल्म चलेका थिएनन् । ‘नाइ नभन्नु ल’ बाहेक कुनै पनि फिल्मको पछाडि २ वा ३ झुण्ड्याए पनि त्यसले व्यापारिक रुपमा भने हावा खाएको थियो ।

तर, अब नेपाली फिल्मको पछाडि २ वा ३ राख्दा चल्ने संभावना देखिएको छ । हुनत, फिल्मको सही तरिकाले मार्केटिङ गर्न सकेको खण्डमा पनि चल्छ भन्ने देखिएको छ ।
यो बर्षमात्र पछाडि २ झुण्ड्याइएका ३ वटा फिल्मले बम्पर कमाइ गरेका छन् । फिल्म ‘प्रेमगीत २’ हिट भयो । ‘प्रेमगीत’ जस्तो हिट फिल्मको नाम सापटी लिएर तयार पारिएको यो फिल्मले राम्रो कमाइ गर्यो । अभिनेत्री झरना थापाले फिल्म निर्देशन गरिन्, ‘ए मेरो हजुर २’ । ‘ए मेरो हजुर’को नाम बाहेक अन्य कुनै कनेक्शन २ मा थिएन । तर, फिल्मले बम्पर कमाइ गर्यो ।

अहिले हलमा लागिरहेको छ, फिल्म ‘छक्का पन्जा २’ । यसको पनि अघिल्लो फिल्म ‘छक्का पन्जा’ सँगै कुनै कनेक्शन नै छैन । यो फिल्मले पनि नयाँ नयाँ रेकर्ड बनाउँदै व्यापार गरिरहेको छ । संभवत, केही दिनमा नेपाली फिल्ममै सर्वाधिक कमाउने दोश्रो फिल्म ‘छक्का पन्जा २’ बन्ने पक्का जस्तै छ ।

यसरी, हेर्दा यो बर्ष पछाडि २ झुण्ड्याइएका फिल्मको वर्चस्व देखिएको छ । अब, यो कुराको सिको गर्दै, कति २ नाम गरेका फिल्म बन्ने हुन्, त्यो भने हेर्न बाँकी छ ।

For More videos Log on to Mazzako TV