‘मेरो पैसा खोई ?’ लाई सकारात्मक प्रतिक्रिया
यहि असोज ११ गते उपत्यका भित्र र मोफसलमा २० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको कमेडी प्रधान फिल्म ‘मेरो पैसा खोई ?’ ले मङ्गलबार एक विशेष शो को आयोजना गर्यो । उक्त्त विशेष शो मा चलचित्र क्षेत्र सङ्ग सरोकार राख्ने थुप्रै चलचित्रकर्मि हरुको उपस्थ्ती रहेको थियो । फिल्म “ मेरो पैसा खोई“ ले मंगलबारको बिशेष शो बाट राम्रै सकारात्मक प्रतिक्रिया पायो । अहिलेको बिध्यमान कथा लाई आकर्शक ढङ्गले कमेडी जनरामा प्रस्तुत गरेको सिनेमाले दर्शकको मन जित्नेमा निर्माण पक्ष र कलकारको टिम ढुक्क रहेको छ ।

फिल्मले विशेषत यौन ब्याबसायमा संलग्न महिलाहरुको कथा बोल्छ । यो फिल्मलाई उपत्यकामा श्रीराम बालाजी पिक्चर्स र मोफसलमा एफडी कम्पनीले वितरण गर्न लागेको हो । ‘मेरो पैसा खोई ?’ असोज ११ गते राजधानीका हलहरुमा ‘छक्का पन्जा २’ सँग भिडन्त गर्दैछ ।
फिल्मलाई रोज राणाले निर्माण र निर्देशन गरेका हुन् । सौगात र वर्षाका अलवा फिल्ममा सागर तिवारी, कमलमणी नेपाल, बुद्धी तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्ममा हरि घले लामाको छायांकन, सुवास देवकोटाको सम्पादन, कमल राईको कोरियोग्राफी रहेको छ ।
For More videos Log on to Mazzako TV








