माओवादी युद्धकालका घटना ताजा गराउँदै (तान्द्रो ट्रेलर)
अभिनेता दयाहाङ्ग राई अभिनित फिल्म ‘तान्द्रो’ को ट्रेलर रिलिज गर्दै प्रदर्शन मिति तय गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको ट्रेलर रिलिज गरिएको हो । १२ वर्षे माओवादी युद्धकालका घटनालाई मुख्य बिषय बस्तु बनाइएकोे फिल्म ‘तान्द्रो’ ले विभिन्न अन्तर्रा्ष्ट्रिय फिल्म महोत्सबमा सहभागीता जनाइसकेको छ । फिल्म आउदो कात्तिक २४ गतेबाट अल नेपाल सार्वजनिक प्रदर्शनमा आउने छ ।

फिल्ममा दयाहाङका अलावा रामबाबु गुरुङ, बुद्धी तामाङ, सरस्वती चौधरी, राजन खतिवडा, अरुणा कार्की, कमलमणी नेपाल, मणीराम पोखरेल लगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई निश्चल बस्नेतको ब्ल्याक हर्स पिक्चर र रामबाबु गुरुङको सिनेमा आर्टले संयूक्त रुपमा निर्माण गरेको हो ।
पुरुषोत्तम प्रधानको छायांकन, कुमार महर्जनको द्वन्द्व, आधा सुरको संगीत, उपेन्द्र सुब्बाको कथा, रामबाबु गुरुङको संवाद रहेको फिल्मका निर्माता शतिस कुमार गौतम हुन् ।
For More videos Log on to Mazzako TV








