के केकी ‘ऐश्वर्य’ टिमसँग रिसाएकी हुन् ?
फिल्म ‘ऐश्वर्य’ निर्माणको समयमा अभिनेत्री केकी अधिकारीलाइ लिएर ठूलै चर्चा भयो । सुरुमा यो फिल्ममा अनुवन्धित भएकी केकीले फिल्म ‘घामपानी’मा काम गर्ने भएपछि यो फिल्म छाडिन् । तर, ‘घामपानी’को छायांकन सकिदा सम्म पनि यो फिल्मको सुटिङ सुरु नभएपछि केकीले फेरि काम गरिन् । 
तर, अहिले फिल्मको प्रमोशनको क्रममा केकीले आफ्नो उपस्थिती जनाएकी छैनन् । फिल्मको फस्टलुक र टिजरमा नअटाएकी केकी ट्रेलरमा भने अटाएकी छिन् । तर, उनले प्रमोशनमा कुनै मन लगाएकी छैनन् । फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता रमेश उप्रेतीले घुमाउरो रुपमा पनि केकीले प्रमोशनमा साथ नदिएको बताएका थिए ।
उनले भनेका थिए–‘मैले केकीजीलाइ फोन गरेको थिएँ । तर, उहाले आफू बिरामी परेकाले उपस्थित हुन नसक्ने बताउनुभयो । हाम्रो प्रमोशनको शैलीमै केकीलाइ ट्रेलरबाट मात्र अगाडि ल्याउने भन्ने थियो ।’
निर्माणपक्षले नव–अभिनेत्री दीपिका प्रसाइलाइ प्रमोशनमा उच्च स्थान दिएकाले पनि केकी यो टिमसँग रिसाएको हुनसक्छ । रमेश यो फिल्मबाट केकीलाइ निकै प्रशंसा मिल्ने बताइरहेका छन् । तर, दीवाकर भट्टराइ निर्देशित फिल्मको प्रमोशनमा भने केकीले मन लगाएकी छैनन् । अब, यो फिल्म बक्स अफिसमा हिट भयो भने केकीले त्यसको क्रेडिट लिने जमर्को गर्लिन् कि नगर्लिन् त ?
For More videos Log on to Mazzako TV







