‘मेरो पैसा खोइ’मा सौगात र बर्षाको बिहे
प्रदर्शन मितिको कुनै टुंगो नलागेपनि निर्माता तथा निर्देशक रोज राणाले फिल्म ‘मेरो पैसा खोइ’को प्रचारलाइ भने तिव्रता दिएका छन् । फिल्म असोज ११ गतेबाट रिलिज हुने चर्चा पनि चलिरहेको छ । 
यहीविचमा फिल्ममा समावेश ‘ओइ कान्छी’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रमोद खरेल र मेलिना राइको स्वर, दयाराम पाण्डेको शब्द रहेको यो गीतमा बसन्त सापकोटाको संगीत छ ।
फिल्मको यो गीतमा मुख्य कलाकार सौगात मल्ल, बर्षा राउत र वुद्धि तामाङलाइ फिचरिङ गरिएको छ । फिल्ममा छुल्ठिम गुरुङ, सागर तिवारी, सपना श्रेष्ठ, धु्रव कोइराला लगायतका कलाकारको पनि मुख्य भूमिका छ । हरि लामाको छायांकन, कमल राइको कोरियोग्राफी, सुवास देवकोटाको सम्पादन रहेको यो फिल्मलाइ पूर्ण रुपमा कमेडी कथामा तयार पारिएको छ ।








