सार्वजनिक भएसँगै विवादमा आएको फिल्म ‘छक्का पन्जा २’मा समावेश ‘नाइलनको सारीमा’ बोलको गीत युटुबमा एक करोड पटक हेरिएको छ । सार्वजनिक भएको केही महिनामै यो गीतले युटुबमा राम्रो सफलता पाएको छ । गीतको भिडियो कमजोर भएपनि यसको अडियोले भने अहिले निकै चर्चा पाइरहेको छ ।

यो गीतको भिडियोमा कोरियोग्राफर कविराज गहतराजले मुख्य कलाकार बर्षा राउत, स्वस्तिमा खड्का, जीतु नेपाल, केदार घिमिरे, स्वरुपपुरुष ढकाललाइ फिचरिङ गरिएको छ ।
अल्मोडा राना उप्रेती र सुजता बर्माको स्वर, प्रिन्स नेपाली र स्वर्गिय कान्छा मगर नेपालीको संगीत, दीपकराज गिरी र प्रिन्सको शब्द यो गीतमा छ ।

असोज ११ गतेबाट रिलिज हुने यो फिल्मको यूनिट अहिले फिल्म प्रचारका लागि मोफसल दौडमा छन् । फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की, शिवहरि पौडेल, वुद्धि तामाङ लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

For More videos Log on to Mazzako TV