‘चोली छोटो भयो’ भन्दैछिन् प्रियंका
अभिनेत्री प्रियंका कार्की अहिले आफ्नो चोली छोटो भएको कुरा गर्दैीछन् । बोल्ड अवतारमा प्रस्तुत भएकी अभिनेत्रीले चोली छोटो भएको कुरा सार्वजनिक स्थानमा भने गरेकी होइनन् । कात्तिक १७ गतेबाट रिलिज हुन लागेको फिल्म ‘फाटेको जुत्ता’को एक गीतमा प्रियंकाको यस्तो अवतार देख्न पाइनेछ । 
निकेश खड्काको निर्देशनमा तयार भएको फिल्ममा अर्जुन कुमारको लगानी छ । यो गीत भोली सार्वजनिक गर्ने तयारी निर्माता कुमारले गरेका छन् । सौगात मल्ल र प्रियंकालाइ यो गीतमा फिचरिङ गरिएको छ । गीतमा प्रियंकाको पहिरन निकै बोल्ड छ । उनले, यो गीतबाट फेरि एकपटक धमका मच्चाउने तयारी गरेकी छिन् ।
For More videos Log on to Mazzako TV







