पल र आँचलको फिल्म हेर्न पुगिन् पूजा
शुक्रबारदेखि रिलिज भएको फिल्म ‘जोनी जेन्टलम्यान’ केही फिल्मीकर्मी र पत्रकारले हेरेका छन् । आइतबार काठमाण्डौको बीग मुभिजमा आयोजना भएको प्रेस शोमा केही फिल्मीकर्मी र पत्रकारले फिल्म हेरेका हुन् । 
नितिन चन्द निर्देशित यो फिल्ममा पल शाह, आँचल शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्मको पर्दामा पलको दोहोरो चरित्र देख्न पाइनेछ । तर, एक यूवतीको प्रेमका कारण उसमा आएको बदलाव नै फिल्मको मुख्य कथावस्तु हो ।
फिल्म हेर्न अभिनेत्री पूजा शर्मा, अभिनेताद्धय आयुष्मान देशराज र आमेष भण्डारी पुगेका थिए । उनीहरुले फिल्म राम्रो रहेको प्रतिक्रिया दिए । पूजा र पलले फिल्म ‘म यस्तो गीत गाउँछु’मा काम गरेका थिए, जुन फिल्म निकै हिट भएको थियो । पल र आँचलको यो फिल्मले समिक्षकबाट भने कमजोर समिक्षा पाएको छ ।
For More videos Log on to Mazzako TV







