‘छक्का पञ्जा २’ मोफसलमा, इटहरीमा यस्तो ‘झ्याम्म झ्याम्म’
दिपाश्री निरौला निर्देशित बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा २’ को जम्बो टोली मोफसल दौडाहामा छ । असोज ११ गतेबाट सार्वजनिक प्रदर्शनमा हुने फिल्मको मोफसल यात्रामा निर्देशक दिपाश्री निरौला, निर्माता तथा अभिनेता दिपकराज गिरी, नायिका प्रियंका कार्की, बर्षा राउत, कलाकारहरु जितु नेपाल, केदार घिमिरे माग्ने बुढा, स्वरुप पुरुष ढकाल छन् । फिल्मका २ वटै गीत हिट भैसकेको अबस्थामा यस्तो प्रमोशनले दर्शकलाई हलसम्म तान्नेमा निर्माण युनिट ढुक्क छ ।

मोफसलका प्रमुख शहरमा कार्यक्रम गरेर फिल्मको प्रचार गर्ने क्रममा शुक्रबार फिल्म युनिट इटहरीमा बिषेश प्रस्तुती सम्पन्न गर्याे । जहाँ दिपकराज, दिपाश्री, प्रियंका, जितु, केदार, बर्षा र स्वरुपले दर्शकलाई मज्जाले मनोरञ्जन दिलाए । जितु र केदारले कमेडी मार्फत दर्शकलाई मज्जाको माहोल बनाउँदा दिपक र प्रियंकाले ‘झ्याम्म झ्याम्म’ मा नाचे ।
यस्तै गृह नगरमा विराटनगरका बाढी प्रभावितलाई सहयोग समेत गरेकी निर्देशक निरौलाले मोफसलमा छक्का पञ्जा २ को क्रेज उच्च रहेको बताइन् । शनिवार हेटौँडामा पत्रकारलाई फिल्मको विषयमा जानकारी दिँदै निर्देशक निरौलाले ‘छक्का पन्जा २’ ले अघिल्ला फिल्म भन्दा बढी सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन् ।









