नीता अब निर्मात्री, घोषणा गरिन् प्रोडक्शन कम्पनी
अभिनेत्री नीता ढुंगानाले आफ्नो जन्मदिनको अवसर पारेर फिल्म निर्माण कम्पनी घोषणा गरेकी छिन् । नेपाली फिल्म निर्माणमा अभिनेत्रीहरु एकपछि अको रुपमा सक्रिय भैरहेको बेलामा नीताले पनि अब फिल्म बनाउने घोषणा गरेकी हुन् ।

बिहिबार बेलुकी काठमाण्डौमा आयोजित एक बर्थ डे सेलिव्रेशन कार्यक्रममा नीताले ‘नीता फिल्मस् प्रोडक्शन’ घोषणा गरेकी हुन् । उनले यो प्रोडक्शन हाउसबाट फिल्म बनाउने जानकारी दिइन् । उनले भनिन्–‘अभिनेत्रीको रुपमा मात्र म लामो समयसम्म सक्रिय हुन सक्दिनँ । यसैले, अब फिल्म निर्माणमा पनि हात हाल्दै लामो समयसम्म फिल्म क्षेत्रमै रहन चाहन्छु ।’ उनले आफूले निर्माण गर्न लागेको फिल्मका लागि कथा र निर्देशकको खोजी पनि गरिरहेको बताइन् ।
सो कार्यक्रममा अभिनेत्री ढुंगानाले चलचित्र पत्रकार संघ, नेपालको कल्याणकारी कोषलाइ २० हजार नगद सहयोग पनि गरिन् । नीताको जन्मदिनमा शुभकामना दिन अभिनेत्रीहरु पुगेका थिए । झरना थापा, अनु शाह, सुरविना कार्की लगायतका अभिनेत्रीहरु नीताको बर्थ डे सेलिव्रेशनमा पुगेका थिए ।
For More videos Log on to Mazzako TV







