पल र आँचलको ‘जोनी जेन्टलम्यान’सँग मलिनाको ‘लिला’ भिडन्त
शुक्रबार फिल्म रिलिज हुने प्रथालाइ निरन्तरता दिदै यो आजबाट दुइवटा फिल्म रिलिज भएका छन् । अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘जोनी जेन्टलम्यान’ फिल्म हलमा रिलिज भएको छ । 
नितिन चन्दको निर्देशनमा तयार भएको यो फिल्ममा प्रेम र बदलावको कथालाइ उठान गरिएको छ । एउटी यूवतीको कारण जोनी कसरी जेन्टल बन्छ भन्ने कथालाइ फिल्ममा उठान गरिएको छ ।
अभिनेता पल र अभिनेत्री आँचलकै लागि यो फिल्म महत्वपूर्ण छ । यस्तै, आजैबाट फिल्म ‘लिला’ पनि रिलिज भएको छ । राज कटुवाल, संचिता लुइटेल र मलिना जोशीको फिल्ममा महत्वपूर्ण भूमिका छ ।
For More videos Log on to Mazzako TV







