अभिनेता सौगात मल्ल र अभिनेत्री वर्षा राउत अभिनित फिल्म ‘मेरो पैसा खोइ’ को प्रदर्शन मिति पक्का भएको छ । ‘मेरो पैसा खोइ’ को कार्तिक ९ गते लाई प्रदर्शन मिति तय गरिएको निर्देशक तथा निर्माता रोज राणाले बताए । फिल्मको गीत तथा ट्रेलर  अगामी साता सार्वजनिक गरिने छ ।

फिल्मको पोस्टप्रोडक्सनको काम धमाधम भैरहेको बताईएको छ । फिल्ममा सौगात र वर्षासंगै छुल्ठिम गुरुङ, रविन तामाङ, बुद्धि तामाङ, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय छ ।

For More videos Log on to Mazzako TV